बाँदरले मुठ्ठी खोलेन, कस्तो मुर्ख ? – १ मिनेट अध्ययन

“धन छ । इज्जत छ । परिवार छ । तर, मन भित्रको उकुसमुकुसले कहिलै छोडेन गुरुजी ।” भद्रपारामा उमेशले भने ।

उमेश शहरका नामी र सफल व्यवसायी । उनी गुरुलाई एकदमै सम्मान गर्छन् । उनले सँधै जसो गुरुसँग गर्ने गनथन यस्तै हुन्छ ।

उमेशको गुनासो सुने पछि पनि गुरुले त्यसबारे केहि भनेनन् । बरु आफ्नो गेरुवस्त्र मिलाउँदै उठेर भनेँ, “गाउँतिर विचरण गर्ने इच्छा भो । तपाई चाहनुहुन्छ भने मसँगै हिड्न सक्नुहुन्छ । बाटोमा मौका मिलाएर तपाईको समस्याका बारेमा पनि कुरा गरौला ।”

उमेशले गुरुलाई पछ्याए । उनीहरु केहिबेरमा गाउँ नजिकैको जंगलमा पुगे ।

“यी सबै नरिवलमा किन एकै खालका प्वालहरु छन् ?” जंगलमा प्वाल परेका नरिवलहरु जतासुकै लडेका थिए । तिनै नरिवलहरु देखेर उमेशले उत्सुकतापुर्वक गुरुलाई सोधेका थिए ।

“यी बाँदरहरुलाई जालमा पार्नका लागि गाउँलेहरुले राखेका हुन् ।” गुरुले भेद खोले, “यी प्वालभित्र नरिवलमा गाउँलेहरु केरा राखिदिन्छन् । बाँदर केराको लोभमा प्वाल भित्र हात घुसार्छ । केरा समात्छ । उ केरा गुमाउँने डरमा हात खोल्दैन । उसको मुठ्ठी परेको हात कसै गरेर पनि प्वालबाट बाहिर निस्किन सक्दैन । र, उ भारी नरिवल लिएर टाढा भाग्न पनि सक्दैन । उ जालमा पर्छ ।”

उमेश छक्क पर्दै भने, “केराको लोभमा मुठ्ठी नखोल्नाले स्वतन्त्र भएर पाउँने खुसी र कहिलेकाँही त ज्यानसम्म गुमाउँने रहेछ बाँदरले ।”

“हो । हामी जस्तै ।” गुरुले मुस्कुराएर उमेशतिर हेर्दै भनेँ, “हामी पनि त आफ्ना वा परिवारका सानाठुला लोभ, चाहना, रहरलाई मुठ्ठी पार्न खोजेर जीवनको उज्यालो पाटो नै गुमाउँछौ । यति भए म भोली खुसी हुन्छु भन्दै आजको खुसी भोग्नै बिर्सन्छौँ ।”

सेयर गर्नुहोला ।

One thought on “बाँदरले मुठ्ठी खोलेन, कस्तो मुर्ख ? – १ मिनेट अध्ययन

Post Comment