एक पटक बुद्ध आफ्ना शिष्यसँग जंगलको बाटो हुँदै कतै गइरहेका थिए । बाटोमा एउटा सानो खोला थियो ।
खोलाको किनारबाट अलिकति भित्र पसेर एउटा मानिस गधालाई खोलामा तान्न डोरीमा बल लगाउँदै थियो । गधा भने चारै खुट्टा सोझो पारेर उल्टो तिर बल लगाइरहेको थियो । त्यो तानातान परबाट हेर्दा अचम्मको एउटा खेल जस्तो देखिन्थ्यो ।
खोलाको नजिक पुगे पछि सुनियो कि त्यो मानिस गधालाई जानेसम्मका अपशब्द बोलेर रिसाइ रिसाइ बेस्मारी कराइरहेको छ । उसको अपशब्द सुनेर बुद्धका साथमा रहेका शिष्यहरु संकोचले अल्मलिए जस्तो गर्न थाले ।
“मुर्ख नबन्नुहोस् । शान्त हुनुहोस् ।” बुद्ध त्यो मान्छेको नजिक गएर सम्झाउँदै भने, “यो जन्तुले तपाईको भाषा मरि गए बुझ्दैन । बरु यसले के खोजीरहेको छ, तपाई त्यो बुझ्न तिर ध्यान दिनुहोस् ।”
बुद्ध त्यति भनेर पानीमा पसेर खोला पार भए । हतार हतार बुद्धलाई पछ्याएका चेलाहरु पनि पारी पुगे ।
सबै भेला भए पछि शिष्यहरुलाई हेर्दै बुद्धले भनेँ, “कुनै गधासँग विवाद गर्नु भन्दा अगाडी यो दृष्यलाई एक पल्ट याद गर्नु ।”
सेयर गर्नुहोस्
😀 सही लेख गणेश जी
कथाको सार बुझिएन ।