नेपाली हास्यव्यङ्ग्यको क्षेत्रमा हरिवंशले अहिलेसम्म एकछत्र राज गर्नेमा पर्छन् । सामाजिक साइटहरुमा हेर्नु भयो बेला बेला देख्न पाउँनु हुनेछ कि नेपालमा कसैले नराम्रो नभन्ने सिमित व्यक्तिहरुमा हरिवंश आचार्यको नाम पनि आउँछ । यसको अर्थ उनी नेपालीहरुको मनमनमा पनि राज गर्छन् ।
हरिवंश आचार्यको जन्म वि. स. २०१४ कार्तिक २७ गते भएको थियो । भनिन्छ, हरिवंशको पुराण लगाएपछि मात्र उनको जन्म भएको थियो । यसैले उनको नाम नै हरिवंश राखियो । उनका पिताको नाम होमञ्जय र आमाको नाम गणेश कुमारी हो ।
उनका बाबुको इच्छा उनलाई पण्डित बनाउने थियो । संस्कृत पढेका मान्छे सभ्य हुन्छन् भन्ने मान्यता होमञ्जयको थियो तर हरिवंशमा पण्डित बन्ने मन थिएन । उनी कनुै पनि हालतमा पण्डित बन्न चाहदैन थिए । हरिवंशलाई अग्रेजी पढ्ने धोको थियो ।
११ बर्षको उमेर छदाँ उनकी आमाको मृत्यु भयो । त्यसपछि त उनी आवारा भए । उनको बाल्यकाल एकदमै दुखद रह्यो । उनको पढाइ औसत भन्दा तल खस्कियो । २०३२ सालमा पहिलोपल्ट एसएलसी पद्योदयबाट दिए तर पास हुन सकेनन् । पढाइमा अनेकौ कसरतपछि २०३५ सालमा बल्लतल्ल थर्ड डिभिजनमा पास गरे ।
पढाइ सके पछि केहि समयका लागि उनी रत्नराज्य कलेजमा एकाउन्टेन्ट पनि भए । १३५ रुपैयामा केही समयको लागि काम गरे । उनको घरको अवस्था एकदमै नाजुक थियो । उनी कमाइको केही भाग आफ्नी दिदिलाई घरखर्च चलाउँन दिन्थे । दिदी टंगाल स्कुलमा पढाउनुहुन्थ्यो ।
हरिवंश आचार्यले दर्जनौ चलचित्रमा अभिनय गरेका छन् । सयौ टेलिचलचित्र र प्रहशनमा अभिनय गरेका छन् । सुरबेसुर, पन्घ्र गते, श्राद्ध प्रहशन, साझा, वनपाले, लालपुर्जा, मदन बहादुर हरि बहादुर, आमा, राजमार्ग, दशैँ, विज्ञापन, एस एल सी, ढलमति, भाइरस, चिरञ्जीवी उनका प्रख्यात टेलिचलचित्र हुन् । कुनै समयमा उनी रंगमञ्चमा पनि उत्तिकै सक्रिय थिए । उनले नाटकका माध्यमबाट जनमानसमा चेतना जगाउन सहयोग गरे ।
हरिवंशका अहिलेसम्म दुई पुस्तक प्रकाशित छन् । चिना हराएको मान्छे उनको पहिलो पुस्तक हो । यस पुस्तकमा उनले आफ्नो जीवनकथा प्रस्तुत गरेका छन् । उनले जीवनमा भोगेका आरोह अबरोहलाई चिना हराएको मान्छेमा जस्ताको तस्तै प्रस्तुत गरेका छन् । उनको दोस्रो पुस्तक भने “हरिबहादुर” हो ।
हरिवंश अभिनय तथा लेखन बाहेक गायनमा पनि सक्रिय रहेका छन् । उनले गायका गीतले पनि संसारभरका नेपालीहरु माझ ख्याति कमाएका छन् । सारङगी रेटौला, म त खोक्रो सारङगी, चञ्चले चञ्चले, हाम्री आमा साह्रै नै बाठी छन् जस्ता कयौँ हिट गित दिइसकेका आचार्य साच्चै नै बहुमुखी प्रतिभाका धनी छन् ।
उनले २०३२ सालबाट कला यात्रा सुरु गरेका थिए ।
नाटककार जितेन्द्र महतसँगको उनको सहकार्य थियो । एकदिन हरिवंशले नाटक खेलाउन आग्रह गरे । उनले जितेन्द्र महतसँग मिलेर नाटकमा अभिनय गर्न थाले ।
उनको नाटक प्रदर्शनी हुने स्थानमा राजपरिवारको राम्रै जमघट हुन्थ्यो । उनले त्यहाँ अमरसिंह नाटकमा अभिनय गरे । उनको अभिनय देखेर राजाका सचिव उनीबाट प्रभावित भए । उनको त्यहाँबाट थप तलब एक सय रुपैया बढ्यो । त्यो पछि हरिवंशले ‘हाम्रो पनि कथा छ’ भन्ने नाटकमा हास्यप्रधान नाटक गरे । उनको नाटक तत्कालिन रानी ऐश्वर्यलाई खुब रमाइलो लागेछ । रानीको इच्छामा हरिवंशको फेरी एक सय तलब थपिने भएछ ।
हरिवंश आचार्यको मदनकृष्णसँग भेटघाट पनि आकस्मिक रुपमा भएको थियो । बाध्यतावश उनीहरुले एकै नाटकमा काम गर्नु भयो । उनीहरुको प्रदर्शनी हुने समयमा उद्घोषकका रुपमा राजाराम पौडेल थिए । उनले मह जस्तै गुलियो, मह जस्तै कहिल्यै नकुहिने अभिनेता भनेर दुई जनालाई बोलाएका थिए । त्यै दिनबाट उनीहरु मह जोडीका रुपले चिनिन थालेका थिए । त्यसरी सुरु भएको मदनकृष्णसँगको सहकार्य आजसम्म चलिरहेको छ ।
हरिवंशको विवाह बिक्रम संवत २०४० मा मीरा आचार्यसँग भएको थियो । उनीहरुका दुई छोराहरू त्रिलोक आचार्य र मोहित आचार्य छन् । हरिवंश कि श्रीमती मीरा आचार्यको २०११ अप्रिलमा मृत्यु भयो । उनी लामो समय देखि हृदय रोगबाट पिडित थिइन् ।
यस्तो अवस्थामा पनि उनले आफ्नो कर्म छोडेनन् । सो समयमा पनि उनले लगातार हसाइ नै रहे । यसरी हेर्दा व्यक्तिगतरुपमा आफु जे जस्तो अवस्थामा भए पनि हरिवंश आफ्नो हसाउँने कर्ममा सँधै लागिरहेका छन् । उनी आफू पिडामा रहेर पनि अरुलाई हसाउन सिपालु छन् ।
हरिवंशले वि.सं. २०६९ सालमा रमिला पाठकसँग दोस्रो बिहे गरेका छन् । हरिवंशलाई वि.स. २०४६ सालको जगदम्बा श्री पुरस्कार पनि प्रदान गरिएको थियो ।
तपाईलाई यो लेख कस्तो लाग्यो ? प्रतिक्रिया लेख्नुहोला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ ।
स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।