चिन्ता हटाउँने दिर्घकालिन र अल्पकालिन सामान्य तर उपयोगी ६ उपायहरु यस्ता छन्

सबै भन्दा पहिले चिन्ताका बारेमा कुरा गरौँ ।

चिन्ता अर्थात सन्ताप, पिर । मान्छे अनुसारको चिन्ता हुन्छन् । पिर मर्का हुन्छन् । दुखी नबनेको मान्छे यहाँ को होला र ? आशुका धारा नबहेका आँखा कस्का होलान र ? नदुखेको छात‍ी कस्को होला र ? यहाँ प्रत्येक मान्छे रोएका छन् ।

चिन्ता सर्वव्यापी छ । धनी होस् या गरिब, कालो होस् या गोरो, महिला होस् या पुरुष, सुगममा होस् कि दुर्गममा, सबै तिरका हरेक मान्छेमा चिन्ता छ । तर, सर्वव्यापी भएर पनि राम्रो कुरा होइन । चिन्ता त्यज्य हो । सकेसम्म चाँडो चिन्ता त्याग्न खोज्नु मान्छेको चाहना हो । मान्छे चिन्ता त्याग्ने बिषय र बिधीमा सदियौँ देखि चिन्तनशील छ तर चिन्ता जस्ताको त्यस्तै छ ।

उमेर अनुसार चिन्ताको किसिम र कारणहरु फरक हुन्छन् । एउटा विद्यालय जाँदै गरेको बालकको दिमागमा के खेल्छ ? पक्कै पनि उसमा पनि मानसिक तनाव सुसुप्त अवस्थामा लुकेर बसेको हुन्छ । स्कुलको होमवर्क नगर्दाको चिन्ता, वर्णमालाका अक्षर नरटेकोमा चिन्ता ।

युवा अवस्थामा फरक किसिमको जिम्मेवारी थपिन्छ । कर्तव्य थोपरिन्छ । जिन्दगीले एक किसिमको उकाली चढ्दै गर्दा यी यावत कुराहरुले मान्छेमा चिन्ता वा पिर थोपरदिन्छ । प्रेमिकाको पिर, बा–आमाको हेरचाह, समाज प्रतिको दायित्व, समाजले कुन नजरले हेर्छ भन्ने पिर ।

बृद्ध बन्दा अर्कै पिर हुन्छ । सन्ततिको पिर । नातीनातीनाको पिर । स्वास्थ्यको पिर । समय र मान्छेहरु आफु अनुसार नचलेको पिर । अशक्तताको पिर ।

एउटा अनुभवी जिन्दगी बाचिसक्दा पनि हामीलाई चिन्ताले छाड्दैन । दुख त हाम्रै वरिपरि हुन्छ । हाम्रै छेउछाउ हुन्छ । दुखको प्रमुख कारण खोज्न हामी कही जान पर्दैन । हामी आफै हौ दुखको प्रमुख कारक तत्व । आफैभित्र दुख जन्माएर आफै भित्र जल्छौ । प्रताडित बन्छौ । कोकोहोलो मच्चाउछौ ।

यसरी नि भन्न सकिन्छ कि – प्रत्येक पाइलामा पिरहरु छन् । गन्तव्यमा नपुगुञ्जेल बाटामा ढुङामाटामा ठेस लाग्ने हुन्छन् । आफै सोचेर जोगिएर हिड्न सिक्नुपर्छ । हामी पिर मान्दा मान्दै हास्न बिर्सन्छौ । खेल्दाखेल्दै, हिड्दा हिड्दै,पढ्दापढ्दै टक्क रोकिन्छौ र पिर गर्न थाल्छौ तर त्यसरी नै कुनै स्थानविहिन भएर, कारणविहिन भएर मुस्कुराउन सक्दैनौँ ।

एकादेशमा एकजना बडा प्रतापी राजा थिए । उनकी एकदमै राम्री पत्नी थिइन् । शिशिर र बसन्त नाम गरेका दुई छोरा थिए । उनले रानी र छोराहरुलाई असाध्यै प्रेम गर्थे । रानीको प्रेममा पनि खोट लगाउने ठाँउ थिएन । राजा सधैजसो शिकार खेल्न जान्थे ।

एकदिन उनी आफ्ना भारदारहरु लिएर शिकार खेल्न निस्किए । रानीलाई दिनभर दरबारमा बस्न अल्छी लाग्थ्यो । त्यै पनि नबस्नुको विकल्प हुन्थेन । घरी कहाँ पुग्थिन् त घरी कहाँ । मध्यान्हको समय थियो । रानी बत्ति कातिरहेकी थिइन । रानीका आखा एक्कासी भगेराका गुडमा पर्छन् । गुडका भगेरा रमाइरहेका थिए । हासिखुशी थिए । उसकी आमाले चुच्चोमा च्यापेर आहार ल्याएर ख्वाउथिन् । यो दृश्य रानीले रमाइलो मानेर हेरिरहेकी थिइन् ।

अर्को दिन कुनै शिकारीले आएर त्यो माउलाई मारिदियो । बच्चाहरु कराउन लागे । भोलीपल्ट पनि त्यही पुर्ववत् ठाउमा रानी बसिरहेकी थिइन । भालेले अर्कै सौतेनी पोथी ल्याइसकेछ । गुडमा रहेका बच्चालाई चुच्चाले च्यापेर बाहिर फालिदिई । यो देखेर रानीलाइ एकदमै बिझ्यो । उनले सोचिन् कि म मरेपछि राजाले पनि यसै गर्नेछन् । मेरा छोराहरुको पनि यही हालत हुनेछ । उनलाई यही कुराको चिन्ता लाग्न थाल्यो । राजाले कसै गरि ढाडस दिदा पनि उनले चिन्ता लिन छाडिनन् । र, त्यही चिन्ताले उसलाई चितामा पुर्यायो ।

मथिको कथाले भन्न खोजेको के हो भने अधिक चिन्ताले पनि मान्छेलाई हानी गर्छ । चिन्ताले समाधान निकाल्दैन । उल्टो चिन्ताले समाधानसम्म पुग्नबाट रोक्छ । सोच्न सक्ने क्षमतामा भाँझो हाल्छ ।

त्यसो भए के गर्ने त ?

यसको एउटै र सरल जवाफ छ, चिन्ता नलिने । परिस्थितिलाई स्विकार्ने । कुराहरु बिग्रिए झन् पाठ सिकेर झन् बलियो भएर उभिने । यसको अर्को विकल्प नै छैन । भनिन्छ, मान्छे रुख जस्तो भएर उभिनु पर्छ । कुनै हालतले ढलिहालेमा फेरि बिउ फैलाएर झांगिनु पर्छ ।

यो भयो दिर्घकालिनरुपमा आनन्दमा बस्ने तरिका । यदि तपाईलाई चिन्ताले तनाव दियो भने तपाई आत्तिनु हुनेछ । त्यसलाई अंग्रेजीमा एन्जाइटी भनिन्छ । त्यस्तो अवस्थाबाट पार पाउँनका लागि तपाईले तलका कामहरु गर्न सक्नु हुनेछ ।

१. मुस्कुराउँनुहोस्

मुस्कुराउँनु पर्ने कारणहरु खोजी नराख्नुहोस् । साना भन्दा साना कुराहरुमा मुस्कुराउँनु होला । कोही मान्छे जस्तै परिचित वा अपिरिचित भेट्नु भयो भने पनि मुस्कुराएर हेर्नुहोस् । अध्ययनहरुले देखाए अनुसार मुस्कुराइरहने मानिसहरुमा तनाव उत्पन्न गर्ने हर्मोन कम उत्पादन हुन्छ र ति खुसी हुन्छन् ।

२. गहिरो स्वास लिनुहोस्

एक्कासी तनाव बढेमा आँखा बन्द गर्नुहोस् र लामो तथा गहिरो स्वास लिनुहोस् । सामान्य अवस्थामा पनि बेला बेला लामो तथा गहिरो स्वास लिने गरेमा तनाव कम हुने गर्छ । लामो तथा गहिरो स्वास लिने गर्दा मनमा नकारात्मक भावनाहरु आउँन पाउँदैनन् ।

३. चुइगम चपाउँनुहोस्

अष्ट्रेलियाको स्विनबर्न युनिभर्सिटीका प्रोफेसर एन्ड्रयू सोलेले गरेको अध्ययनमा चुइगम चपाउँनाले एन्जाइटी कम गर्ने तथा तनाव मत्थर पार्ने देखाएको थियो ।

४. योग, ध्यान तथा कसरत गर्नुहोस्

योग, ध्यान तथा कसरत गर्दा शरिरमा रक्तसञ्चार राम्रो हुन्छ । स्वस्थ शरिरमा हर्मोनहरुको उत्पादन सन्तुलित रहन्छ । त्यस्तै, योग, ध्यान तथा कसरतले ध्यान केन्द्रित गर्न सहयोग पुर्याउँनाले नकारात्मक विचारहरु आउँन कम गर्छ ।

५. साथी वा नजिकका नातेदारलाई फोन गर्नुहोस्

यदि तपाई तनावले आत्तिनु भयो अथवा, एन्जाइटीले आक्रमण गर्यो भने तत्कालै साथी वा नजिकका नातेदारसँग कुरा गर्नुहोस् । तपाईले आफ्नो अवस्था बताउँने भन्दा पनि अन्य साधारण वातचित गर्नु भयो भने पनि तनाव घट्न सहयोगी हुन्छ ।

६. अंकमाल गर्नुस् वा चुम्बन गर्नुस्

अंकमाल गर्दा अक्सिटोसिन उत्पन्न हुन्छ जसले दिमागमा शान्ति दिन्छ । त्यस्तै, चुम्बनले मष्तिस्कमा इन्डोर्फिन्स उत्पादन गरेर पनि तनाव कम गराउँछ ।

यति कुराहरु याद राखेर चिन्ता कम गर्दै हामीले स्वस्थ जीवन बाँच्न सक्छौँ ।

तपाईलाई यो लेख कस्तो लाग्यो ? प्रतिक्रिया लेख्नुहोला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ ।

स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।

नमस्ते, म गणेश कार्की । एउटा आममान्छे । सामाजिक सञ्जाल मात्रै होइन, हाम्रो समाज नै नकारात्मक खबर र जानकारीहरुले भरिएको छ । ‘नकारात्मक मात्रै बिक्छ’ भन्ने सोच व्याप्त छ । यस्तोमा सकारात्मक कुरा लेखेर पनि व्यवसायिक हुन सकिन्छ भन्ने उदाहरण देखाउँने मेरो सानो प्रयास हो । उज्यालो पाटोमा म जीवनको उज्यालो पाटोको बारेमा लेख्छु । अथवा, जीवनलाई उज्यालो पाटोमा कसरी लैजाने भन्ने बारेमा आफुले देखेका भोगेका र पढेका कुराहरु बाढ्नेछु । सामाजिक सञ्जालमा अलिकति भए पनि सकारात्मक र ज्ञानवद्धर्क कुराहरु सेयर हुन योगदान गर्न सकुँ । यस्ता कुरा पढ्न चाहनेले पढ्ने ठाउँ बनोस् । यस्ता कुरा लेख्न सक्नेहरु व्यवसायिक रुपमा लेख्ने हिम्मत गर्न सकुन् । मेरो इच्छा यति हो । यो भन्दा धेरै हाशिल भए म झन् खुसी हुनेछु । मलाई फेसबुकमा, ट्विटरमा भेट्न सक्नुहुनेछ । मेरो बारेमा थप जानकारी यहाँ पाउँनु हुनेछ

गणेश कार्की – who has written posts on उज्यालो पाटो.


Post Comment