मानिस किन भ्रमण गर्छन् ? भ्रमण गर्ने कति तरिका हुन्छन् ? विश्वमा चर्चित तरिकाहरु

मानिस दुखी छ । यही कुराले पनि दुखी छ कि आफुले भने जस्तो जिन्दगी भोग्न पाएको छैन । सोच्न पाएको छैन । कारण, मानिस आफै चलेको छैन । अरु कसैले चलाएको छ । अरुबाट नै संचालित छ । यसो भइरहदा मानिसले स्वतन्त्रपुर्वक आफ्नो बिचार राख्न पाएको छैन ।

मानिसका विभिन्न सौख हुन्छन् । सपना हुन्छन् । कसैको खेल्ने, कसैको लेख्ने, कसैको के बन्ने सौख हुन्छ । यि नै सौख मध्यका घुम्नु पनि एउटा सौख हो । सपना हो ।

यात्रा गर्न सबैलाई मनपर्छ ।

हुन त यात्रा गर्न, नयाँ ठाउ घुम्न कसलाई पो मनपर्दैन होला र ? स्वभावले नै मानिस ज्ञानको भोको छ । नयाँ कुराको अन्वेषण गर्न चाहन्छ । किन मानिसहरु आफ्नो प्यारो घरपरिवार छाडेर संसारभरि भौतारिन्छन् ? किन मानिस घुम्न चाहन्छन् भन्ने धेरै कारण छन् । कारणहरु व्यक्ति नै पिच्छे फरक हुन सक्छन् । मतमतान्तर हुन पनि सक्छ । तर पनि केही कारणहरु यस्ता पनि हुन सक्छन् ।

केही सिक्न

घर छाडेर हिड्नु भनेको आफैलाई बुझ्नु हो । जिन्दगी बुझ्नु हो । घरायसी, व्यवसायिक तथा मानसिक दबाबबाट टाढा बस्नु हो । सिक्नुको अर्थ ज्ञान आर्जन गर्नु हो ।

आफुसँग भएको अनुभवले मान्छेलाई खार्छ । कुनै पनि ठाउँको विशेष कुराहरु तथा देशको प्रबिधिबाट केही सिकेर त्यसको अनुसरण गर्नु राम्रो पक्षमा पर्छ ।

पिडाबाट भाग्न

सम्बन्ध बिच्छेद, आफ्न्त गुमाउनुको पिडा, लागु औषध दुव्यसनीको लत हटाउन तथा अभ्यस्त बन्न पनि मानिस घुम्ने गर्दछ । एकै ठाउमा बसेर पिडा भुल्न गाह्रो हुन्छ । बारम्बार यादहरुले पोल्ने गर्दछ । ति नै यादहरुलाई थन्क्याएर मान्छे पिडाबाट भाग्न चाहन्छ ।

उत्सव मनाउन

भागदौडको समय छ । मानिसलाई खान खाने समेत फुर्सद छैन । व्यस्तताका बाबजुद मानिस आफुलाई आनन्दित राख्न चाहन्छ, सुखी राख्न चाहन्छ । र, जागिरबाट बचेको समयलाई, केही अवसरमा पाएको विदालाई सदुपयोग गर्न देश विदेश चाहर्छ ।

ज्ञानको क्षेत्र बढाउन

मानिसमा ज्ञान सिमित छ । हरसमय मानिस ज्ञानको क्षेत्र बढाउन चाहन्छ । कुन ठाउमा के भइरहेको छ ? र, कुन, कस्तो संस्कृति अंगालिरहेको छ भन्ने कुराको ज्ञान दिन्छ ।

पारिवारिक सम्बन्ध मजबुत बनाउँन

बिभिन्न विकसित देशहरुले आफ्ना नागरिक तनाबमुक्त हुन भनेर घुम्नका लागि खर्च छुट्याएका हुन्छन । यही मेलोमेसोमा पारिवारिक सदस्य लिएर घुम्न निस्कन्छ । प्रकृतिमा कावा खादै सुन्दर विचरण गर्छन् । प्रकृतिमा समाहित भएर आफुलाई चिन्छन् । आफू बाच्नुको अर्थ बुझ्छन् । यसो गर्दा परिवारमा आपसी सम्वन्ध अझ मजबुत बनेर निश्चय नै जान्छ ।

भ्रमण गर्ने कति तरिका हुन्छन् ? विश्वमा चर्चित तरिकाहरु

के केहि मानिसहरुले भ्रमण गरेको बखतमा अरु भन्दा फरक अनुभव गर्न सक्छन् ? या सबै मानिसहरुले एकै किसिमको अनुभव गर्छन् ? कुनै व्यक्ति विशेष वा समय विशेष कुनै स्थानबाट लिन सकिने अनुभव फरक हुन्छ ? यदि हुन्छ भने त्यसलाई के कुराले फरक पार्छ ?

मानिसहरु जो भ्रमण गरिरहन्छन् र घुम्नमा रुचि राख्छन्, उनीहरुका अनुसार कसरी घुमिन्छ भन्ने कुराले कुनै स्थानबाट प्राप्त गरिने अनुभवहरु फरक फरक हुन्छन् ।

यहाँ हामी विश्वका मानिसहरु सामान्यतया कुन कुन किसिमले घुम्छन् भन्ने जानकारी दिन गइरहेका छौँ । यो तरिका सहि वा यो तरिका गलत भन्नु भन्दा पनि समय र व्यक्तिको रुचि अनुसार यी कुराहरु तय हुन्छन् ।

१. सुस्त भ्रमण

यो खासमा एक प्रकारको हिप्पीहरुको घुम्ने तरिका हो । कुनै विशेष व्यवसायिक प्रयोजन बाहेक कुनै स्थानको भ्रमण गर्दा अपनाइने यो बिधी हिप्पीहरु पछि एकदमै प्रचलित हुँदै आयो ।

सुस्त भ्रमणको अर्थ हो, कुनै एकै स्थानमा लामो समय बसिरहनु । सुस्त भ्रमणमा रमाउँनेहरु कुनै एक स्थान छनौट गर्छन् र त्यहि स्थानमा सामान्यतया महिनौ बिताउँछन् ।

सुस्त भ्रमण गर्नेहरुले चाँडो चाँडो स्थान फेरिरहनेहरुलाई पर्यटक भन्छन् भने आफुलाई घुमन्ते भन्न रुचाउँछन् । चाँडो कुनै स्थानको भ्रमण गरेर सक्ने पर्यटकहरुले स्थानको रमाइलो र वास्तविक अनुभव गर्न नसक्ने दाबी सुस्त भ्रमण गर्नेहरुको हुने गर्छ ।

२. शिघ्र भ्रमण

मानौँ, तपाईको केहि हप्ताको बिदा छ । यस्तो अवस्थामा तपाई के गर्नु हुन्छ ? सकेसम्म धेरै ठाउँ घुमेर थोरै भए पनि सबै ठाउँ पुग्न चाहनुहुन्छ । यो सोचाइ पनि गलत होइन ।

खासमा शिघ्र भ्रमण गर्न रुचाउँनेहरुलाई एकै ठाउँमा लामो समय बस्नु समयको बर्बादी गर्नु हो भन्ने लाग्छ । जस्तै : तपाई मुस्ताङ घुम्न जाने हुनु भयो । बाटो पर्ने तातोपानीमा केहि घण्टा बस्नु भयो, मार्फाको स्याउ चाख्नु भयो र अर्को दिन जोमसोममा बस्नु भयो । सोही दिन मुक्तिनाथ पुगेर कागबेनी एकछिन डुलेर फर्किनु भयो । यसको अर्थ यो होइन कि तपाईले सो ठाउँको अनुभव नै गर्नु भएन ।

शिघ्र भ्रमण गर्नेहरुलाई लाग्छ, जति दिन बसे पनि तातोपानीको अनुभव उस्तै हो । मार्फाको स्याउको स्वाद उहि हो र जोमसोममा उस्तै हावा चल्छ । यसैले उनीहरुले स्थान विशेषको मुख्य कुराहरु घुमेर वा अनुभव गरेर चाँडो भन्दा चाँडो आफ्नो भ्रमण टुंग्याउँने गर्छन् ।

३. सौखका केहि दिन

घुम्नुको अर्थ ठाउँहरु हेर्नु मात्रै पनि होइन । कसै कसैलाई आफ्नो नियमित दिनचर्यादेखि वाक्क लागेको हुन्छ । उनीहरु केहि दिन कुनै राम्रो होटल वा रिसोर्टमा गएर आफुलाई मन परेको पेय पिउँदै आफ्ना परिवार वा नजिकका मानिसहरुसँग दिन बिताउँन चाहन्छन् ।

यस्ता पर्यटकहरु व्यस्त वा एकनाशको जिन्दगीबाट केहि सौखका दिनहरु बिताउँने उद्देष्यमा हुन्छन् ।

४. समूह भ्रमण

एक्लै हिड्नु सबैको रोजाइ हुदैन । यसैले मन मिल्ने मानिसहरुको समुह बनाएर मानिसहरु घुम्न निस्किन्छन् । उनीहरु चिनेका मानिसले भरिएको बसमा चढेर शहर घुम्नु, मन्दिरहरु घुम्नुमा रमाइलो मान्छन् ।

हुन पनि आफुले चिनेका मानिसहरुसँग बसेर नयाँ ठाउँको समूहमा अनुभव गर्दा रमाइलो हुन्छ । कुनै कुरामा हरेकले दिने प्रतिक्रियाहरु फरक फरक हुन्छन् । अझ ति सबै चिनजानका र निकट मानिसहरु हुन्छन् भने त्यो झन् रमाइलो र स्मरणयोग्य हुन्छ ।

५. झोले भ्रमण

तपाई ठुलो झोला बोकेर घुम्न निस्कनु भएको छ । तपाईलाई दिउँसोको खाजा खान मन लाग्छ, तपाई झोला खोल्नु हुन्छ, खाजा त्यहि छ । रात पर्यो, सुत्नलाई कुनै भुइँमा स्लिपिङ ब्याग ओछ्याए मात्रै पनि पुग्छ । असाध्यै धेरै मितव्ययी भएर आफुलाई आवश्यक सबै जसो सामानहरु बोकेर गरिने भ्रमणलाई झोले भ्रमण भनिन्छ ।

नेपालीहरु माझमा यस्तो भ्रमण खासै प्रचलित छैन तर नेपाल घुम्न आउँने केहि पर्यटकहरु यस्तो भ्रमणमा देखिन्छन् । बढि लोभी वा गरिब भनेर चिनिने यस्ता घुमन्तेहरु सकेसम्म कम खर्चमा धेरै ठाउँ घुम्न चाहन्छन् ।

तपाईलाई यो लेख कस्तो लाग्यो ? प्रतिक्रिया लेख्नुहोला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ ।

स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।

नमस्ते, म गणेश कार्की । एउटा आममान्छे । सामाजिक सञ्जाल मात्रै होइन, हाम्रो समाज नै नकारात्मक खबर र जानकारीहरुले भरिएको छ । ‘नकारात्मक मात्रै बिक्छ’ भन्ने सोच व्याप्त छ । यस्तोमा सकारात्मक कुरा लेखेर पनि व्यवसायिक हुन सकिन्छ भन्ने उदाहरण देखाउँने मेरो सानो प्रयास हो । उज्यालो पाटोमा म जीवनको उज्यालो पाटोको बारेमा लेख्छु । अथवा, जीवनलाई उज्यालो पाटोमा कसरी लैजाने भन्ने बारेमा आफुले देखेका भोगेका र पढेका कुराहरु बाढ्नेछु । सामाजिक सञ्जालमा अलिकति भए पनि सकारात्मक र ज्ञानवद्धर्क कुराहरु सेयर हुन योगदान गर्न सकुँ । यस्ता कुरा पढ्न चाहनेले पढ्ने ठाउँ बनोस् । यस्ता कुरा लेख्न सक्नेहरु व्यवसायिक रुपमा लेख्ने हिम्मत गर्न सकुन् । मेरो इच्छा यति हो । यो भन्दा धेरै हाशिल भए म झन् खुसी हुनेछु । मलाई फेसबुकमा, ट्विटरमा भेट्न सक्नुहुनेछ । मेरो बारेमा थप जानकारी यहाँ पाउँनु हुनेछ

गणेश कार्की – who has written posts on उज्यालो पाटो.


Post Comment