आममानिसले आफ्नो जीवनको लक्ष्य भेट्न थाहा पाउँनु पर्ने ५ कुराहरु

तपाईको जीवनको उद्देष्य के हो भनेर अहिलेसम्म निश्चित गर्न सक्नु भएको छैन ? आफ्नो सामर्थ्य र प्रतिभा कुन बिषयमा छ भनेर खोजिरहनु भएको छ ? तपाईलाई लाग्न सक्छ, यति उमेर भइसक्दा पनि मैले छुट्याउँन सकेको छैन वा जीवनको लक्ष्य तोक्न सकेको छुइन । अथवा, लक्ष्य थाहा भएर वा आफ्नो प्रतिभा चिनेर पनि बाटो पहिल्याउँन सकेको छुइन ।

यस्ता कुराको निक्यौल गर्न नसकेर कति पटक तपाईले आफैलाई बेकार छु भन्नु भएको हुन सक्छ, वा म बेकम्मा वा काम नलाग्ने छु भन्ने निराशाले ग्रसित निष्कर्षमा पुग्नु भएको हुन सक्छ तर खुसीको कुरा, यो सत्य चाहि अवश्य पनि होइन । र, यो तपाईको मात्रै समस्या होइन । साह्रै धेरै मानिसहरु आफ्नो लक्ष्य र उद्देष्य पहिचान गर्न अनि पहिचान भएको लक्ष्य र उद्देष्य पुरा गर्न बाटो खोजेर बसेका हुन्छन् ।

आफ्नो उद्देष्य चिन्न त्यति गाह्रो कुरा पनि होइन । एप्पल कम्पनीका संस्थापक स्टिभ जब्सले भनेका छन् – तपाईले पनि लक्ष्यलाई खोज्नु पर्छ । यो सबै तपाईलाई गर्न मन परेको कुराहरुबाट सुरु हुन्छ । तपाईले जब आफ्नो लक्ष्य भेट्नुहुन्छ तब तपाईले त्यसलाई माया गर्न थाल्नु हुन्छ । तपाईले त्यसका लागि दिएको समय कम भन्ने लाग्छ र तपाई त्यसलाई माया गर्न थाल्नु हुन्छ ।

पक्कै पनि लक्ष्य वा प्रतिभा जे पनि हुन सक्छ । यो चित्रकार, कलाकार, खाना पकाउँने, शिक्षक, वस्तुहरु निर्माण गर्ने वा जटिल गणितिय समिकरणहरु सुल्झाउँने अथवा अरु नै केहि जे पनि हुन सक्छ । तपाईको इच्छा जे सुकै होस्, केहि फरक पर्देन तर तपाई सम्बन्धित बिषयको विशेषज्ञ भने अवश्य बन्न सक्नुहुनेछ । बस्, तपाईमा लगनशिलता भने हुनु पर्दछ ।

जति धेरै तपाई आफ्नो लक्ष्यको बारेमा खोजी गर्न लागि पर्नुहुन्छ, त्यति नै तपाईले धेरै कुरा जान्न सक्नुहुनेछ । त्यति नै तपाईको प्रतिभा निखारिन्छ र त्यति नै तपाई अब्बल झन् अब्बल बन्नुहुनेछ । यसका लागि तपाईले केहि कुरामा विशेष जोड दिनु पर्ने हुन्छ । यहाँ त्यस्तै केहि उपायहरु संकलन गरिएको छ ।

१. आफुमा र लक्ष्यमा विश्वास गर्ने

सबै भन्दा पहिले आफुमा विश्वास हुनु पर्छ । म सक्छु भन्ने सोचाइले तपाईलाई निराश हुन रोक्छ । तर सँधै यस्तो नहुन सक्छ । बेला बेला फरक अवस्थाहरु पनि भोग्न पर्छ । के तपाईले कहिलै कसैको आत्मविश्वास देखेर आफुलाई पनि त्यसै गरि आत्मविश्वास बढोस् भनेर चाहना गर्नु भएको छ ? के तपाईले कहिलै सोच्नु भएको छ कि यसको रहस्य के हो ?

सोच्नुहोस् त, किन केहि व्यक्तिहरु अफ्ठ्यारो समयमा पनि सजिलैसँग आत्मविश्वाससाथ अडिग रहन्छन् ? के उनीहरुमा जन्मजात नै त्यस्तो गुण हुन्छ ? पक्कै पनि जन्मजात गुण मात्र होइन, यस्तो गुण पछि विकाश गर्न सकिन्छ । आफ्नो लक्ष्यप्रति विश्वास राख्ने हो र आफु त्यो लक्ष्यप्रति दृढ रहन्छु भन्ने संकल्प लिने हो भने आफुमा स्वत आत्मविश्वास भरिन्छ ।

२. सिक्नुहोस् र सुधार पनि गर्नुहोस्

यो उपाय आत्मविश्वास बढाउँनका लागि पनि उत्तिकै प्रभावकारी हुन्छ । यदि तपाई आत्मविश्वास निर्माण गर्न चाहनुहुन्छ भने केहि चिजमा राम्रो गर्ने प्रयास गर्नुहोस् । आफ्नो सम्पुर्ण उर्जा एउटा निश्चित क्षेत्रमा आफ्नो अनुभव र विशेषज्ञता निर्माणका लागि दिनुहोस् । सुरुवाती चरण असाध्यै र सबै भन्दा कठिन हुन्छन् तर तपाई त्यो कठिनताबाट केहि सिक्नु हुनेछ । त्यो ज्ञानलाई सुधार गर्नमा प्रयोग गर्नुहोस् । यसले विश्वासको छलाङ्ग लिन र अगाडीका कदम चाल्ने साहस पाउँन एकदमै महत्वपुर्ण हुन्छ ।

३. हामी दोष बिनाको पुर्ण संसारमा बाँच्दैनौँ

हामी दोष बिनाको पुर्ण संसारमा बाचिरहेका छैनौँ । हामी सबैले गल्ति गर्छौँ । हामी गल्तिबाट पाठ सिक्छौँ । तपाई कुनै पनि काम सुरुवात गर्दा केहि पनि गल्ति नगरी गर्न सक्छु भन्ने विश्वास नगर्नुहोस् किनभने तपाई सुरुवातमा हुनुहुन्छ । सुरुवातमा गल्ति हुनु अनुभव पाउँनु हो । अरुले पनि गल्ति गर्छन् । यो सामान्य हो ।

यदि तपाईले कहिलै पनि गल्ति गर्नु हुन्न भने तपाईले नयाँ केहि कुरा पत्ता लगाउँने प्रयास गर्नु भएको छैन । गल्ति स्वभाविक हो । गल्तिहरु देखि डराउँनु हुदैन । तिनीहरुलाई सिक्ने अवसरहरुको रुपमा विचार गर्नुहोस् । ति गल्तिहरुबाट सिक्ने प्रयास गर्नुहोस् ।

४. आफुलाई प्रोत्साहित गर्नुहोस्

आफुलाई भरोसा गर्नुहोस् । अरुले के सोच्छन् त्यसले खास फरक पार्दैन । समय वा परिस्थिति कतिको प्रतिकुल भयो भन्ने कुरा पनि त्यति धेरै महत्वपुर्ण होइन । तपाई आफैसँग ति सबैसँग जुध्न सक्ने र तिनीहरुलाई परिवर्तन गर्न सक्ने शक्ति छ । तपाईले आफुलाई त्यस्ता कुरामा प्रोत्साहित गरिराख्नु पर्छ । आफ्ना प्रतिकुलता र सिमिततालाई बहाना बनाएर रोकिनु हुन्न ।

सबै कुरा प्रतिकुल हुँदा पनि आफ्नो आत्मविश्वास कायम राखेर सकारात्मक नतिजाका लागि प्रयासरत हुन आफुलाई प्रोत्साहित गरिराख्नु पर्छ । जब तपाईले आफुलाई आफैले हौशला दिइराख्नु हुन्छ, तब मात्रै संसारले पनि तपाईमा विश्वास गर्छ । तपाईलाई प्रतिकुलतासँग जुध्न सहज हुन्छ ।

५. नकारात्मकताबाट जोगिनुहोस्

हामी भन्ने गर्छौ, मानिसहरु दुई खालका हुन्छन् । कसैले आधा पानी भएको गीलासलाई आधा रित्तो देख्छ र कसैले आधा भरिएको । यो दृष्टिकोणको कुरा हो । यो दृष्टिकोणले जीवनको बाटो छान्न र त्यसमा हिड्नमा महत्वपुर्ण प्रभाव पार्छ । यसका लागि तपाई आफु सकारात्मक हुने कुरा त छदैछ, नकारात्मकहरुबाट पनि जोगिन सक्नु पर्छ ।

तपाईले नकारात्मकता सजिलै पाउँनु हुनेछ । यो खराब समय वा खराब अवस्थासँग मात्रै सम्बन्धित कुरा होइन । नजिक भनिएका मानिसहरुबाट पनि तपाईले नकारात्मकता सिकिरहेको हुन सक्छ । कसैको नकारात्मकताले तपाईलाई ग्रस्त बनाइराखेको हुन सक्छ । म नयाँ काम सुरु गर्छ् भनेर तपाईले कसैलाई सुनाउँदा तपाईले प्रतिक्रियामा के पाउँनु हुन्छ ? कसैले नतिजा राम्रो हुने बताउँछन् र कसैले बाटोमा आइपर्ने कठिनाइका मात्रै कुरा गरेर तपाईलाई हतोत्साहित पार्छन् । यस्तोमा नकारात्मक सोच भएका व्यक्तिहरुलाई आफुलाई टाढा नै राख्नुहोस् । तपाई यसको लागि राम्रो हुनु हुनेछ ।

तपाईलाई यो लेख कस्तो लाग्यो ? यो लेख पढे पछि लाइक गर्न वा सेयर गरेर फैलाउँन सहयोग गर्नु होला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज, इन्स्टाग्राम प्रोफाइल वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ । हाम्रो पेज, इन्स्टा र वेबसाइट फलो गर्नुहोला ।

स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।

Post Comment