‘दुई डुंगामा खुट्टा राखेर खोला तर्न सकिदैन ।’ बुढापाकाले त्यसै भनेका होइनन् । सफलता पाउँनका लागि यो पनि गर्छु, त्यो पनि गर्छु भनेर उत्साहित भएर मात्रै हुदैन । कुन कुरामा आफु राम्रो गर्न सक्छु भनेर बाटो छुट्याउँनै पर्छ । अहिले त ज्ञानका बिषयहरु यति धेरै फराकिलो र हाँगाहरुमा फैलिएका छन् कि कुनै एक मान्छेले सबै कुरा जान्नै सक्दैन । र, मानव सभ्यता हेर्ने हो भने एउटैले सबै कुरा जान्न जरुरी पनि छैन ।
मान्छेले आजसम्मको विकाश हाशिल गरेको कुनै एक व्यक्ति एक भन्दा धेरै कुरामा पारंगत हुन सकेर होइन । हाम्रो जीवन सुखमय हुनका लागि एक भन्दा बढिहरुमा पोख्त हुनु पर्छ भनेर कसैले भन्दै भन्दैन । किनभने सबैलाई थाहा छ, एकै मान्छेले सबै कुरा जानेर सकिदैन र जान्न पर्दैन पनि ।
निकै पहिलेको कथा हो । एउटा किशोर फिल्मी क्षेत्रमा केहि गर्ने लक्ष्य बोकेर शहर आइपुगेछ । उसको सौभाग्य, शहर आएको केहि दिनमा नै उसले राम्रो नाच सिकाउँने गुरुसँग परिचित हुन पाएछ । किशोरको लचकदार शरिर र नृत्यप्रतिको लगाव देखेर गुरुले उसलाई निशुल्क सिकाइदिने भए । त्यति मात्र होइन, गुरुकैमा बस्न र खान पाउँने व्यवस्था पनि गरिदिए । त्यसको बदलामा गुरुको नृत्यकक्षा चल्ने कोठाको सरसफाइ किशोरले गर्नु पर्ने भयो ।
किशोर नृत्यमा अब्बल हुदै गयो । उसलाई नृत्य सिक्ने भोक थियो । उ गुरुले फरक फरक विद्यार्थीहरुको समूहलाई नृत्य कौशल सिकाउँदा आफु पनि सरिक भइहाल्थ्यो । अरु विद्यार्थी दिनमा एउटा वा बढिमा दुईवटा नृत्यका कक्षा लिन्थे अनि धेरै थाकेको भन्दै बाहिरिन्थे तर किशोर कहिलै थाकेँ भन्दै थियो । बरु गुरुको तबलावादक विद्यार्थीहरुको लागि तबला बजाएर थाक्यो तर किशोर अझै फुर्तिलो र नृत्यका लागि तयार रहन्थ्यो ।
“म तबला बजाउँन पनि सिक्न पर्यो” एकदिन किशोरले गुरुसँग भन्यो, “तबला बजाउँन सिकेँ भने म फरक फरक तालका बारेमा थप थाहा पाउँनेछु । मैले कोही पनि तबलावाद नृत्यकार पनि भएको देखिन । यति गरेँ भने म सबै भन्दा फरक पनि हुन्छु ।”
किशोरको कुरा ध्यानपुर्वक सुनिरहेका गुरुले भनेँ, “तिम्रो कुरा सुन्दा राम्रो लाग्यो । तिमी नृत्यका साँच्चै नै राम्रो विद्यार्थी हौ । तिमीलाई नृत्यमा केहि गरौँ भन्ने जुन इच्छा छ, त्यो एकदमै तारिफयोग्य छ ।”
गुरुको प्रंशसाले किशोर मख्ख पर्यो । मख्ख परेको किशोरलाई हेर्दै गुरुले सोधे, “तिमीले कहिलै सिंहले शिकार खेलेको देखेका छौ ?” देखेको छु भन्ने जनाउमा किशोरले टाउको हल्लायो । गुरुले थप बोले, “जब सिंहले चरिरहेका दुइवटा मृगहरुको शिकार गर्न आक्रमण गर्छ तब उसले दुवै मृगहरुलाई खेद्छ । तर एउटा त्यस्तो समय आउँछ, जब दुई मृग फरक फरक दिशातिर दौडन्छन्, तब सिंहले एउटा निर्णय गर्नु पर्ने हुन्छ । उसले कुन मृगलाई खेद्ने भनेर निर्णय गर्नु पर्छ र त्यहि मृगलाई मात्र खेद्छ । यदि उसले दुवै मृगलाई खेद्न खोज्यो भने उसले शिकार गर्नै सक्दैन । उ खाली फर्कन्छ ।”
आफ्नो अज्ञानताको हेक्का भएर गुरुको अनुहारमा हेरिरहेको किशोरलाई हेर्दै गुरुले भने, “यदि कोही व्यक्ति पारंगत हुन चाहन्छ भने उसले एउटा बिषयमात्रै छान्नु पर्छ । अझ एकै समयमा त झन् एक भन्दा बढि बिषय छान्नै हुदैन ।”
गुरुको कुरा सुनेर किशोरले चित्त बुझायो ।
अर्को बिषयको विज्ञता कुन अवस्थामा सहि र कुनमा गलत ?
साँच्चै नै दुईवटा बिषयमा पारंगत हुन एकदमै गाह्रो हुन्छ । त्यसो भए मानिसले किन दुईवटा बिषयमा विज्ञता चाहन्छ ? किनभने यसले आफ्नो क्षमता थप फैलाउँछ । थप सम्मान वा रोजगार वा सम्भावनाको ढोका खोल्छ । यसैले हामी किशोरले झै गुरुको कुरा सुनेर एउटै बिषयमा अडिन नचाहने पनि हुन सक्छौँ । यो पुर्णत: गलत पनि होइन । मानिसमा भएको क्षमतालाई अवमुल्यन गर्नु यो लेखको नियत होइन ।
म अझै गर्न सक्छु भन्ने साहस तपाईमा छ र तपाई अर्को बिषयमा पनि पारंगत हुन्छु भन्ने सोच्नु भएको छ ? गज्जब तर यसो गर्नुको कारण भने ठिक हुनु पर्छ । यदि तपाई अर्को बिषयमा पनि अब्बल हुँदा आफ्नो बिषयमा सहायक हुन्छ र यसले विशेष लक्ष्य प्राप्तीमा सहयोगी हुन्छ भने दोस्रो बिषयमा पनि विज्ञता लिनु भनेको राम्रो कुरा हो । यसका लागि कठिन परिश्रम पनि उचित हुन्छ ।
तर सामान्यतया मानिसहरुलाई के लाग्छ भने दुईवटा बिषयमा आफ्नो अब्बलता देखाउँन सकियो भने बायो डाटामा राम्रो देखिन्छ, मानिसहरुको अगाडी आफ्नो प्रभाव झन् राम्रो हुनेछ तर अरुलाई प्रभावित पार्नका लागि मात्रै आफ्नो पैसा, समय र परिश्रम प्रयोग गर्न खोज्दै हुनु हुन्छ भने तपाई गलत गर्दै हुनुहुन्छ । यसरी समय बर्बाद गर्नु भनेको समयको भाँडोबाट केहि समय खेर फाल्नु हो, त्यो पनि अरुलाई प्रभाव पार्नको लागि ।
यस्तो अवस्थामा त तपाईले अनावश्यक समय, पैसा र परिश्रम खेर फाल्नु भन्दा अन्यत्र खर्च गर्ने हो भने त्यसै पनि अरु मानिसलाई प्रभाव पार्न सक्नु हुनेछ । बरु यसरी पारेको प्रभाव सकारात्मक र उदाहरणिय बन्नेछ । तपाईले दोस्रो बिषयमा अब्बलता लिने समयमा यस्ता काम गर्न सक्नुहुनेछ ।
१. कामको नयाँ नयाँ अनुभव
२. स्वयमसेवा
३. सामाजिक संलग्नता
४. चिनजान आदि ।
अन्त्यमा, तपाईको सामर्थ्य, लगन र आवश्यकता अनुसार मात्रै दोस्रो बिषयमा पनि विज्ञता हाशिल गर्न परिश्रम गर्नुहोस् तर मानिसहरुमा प्रभाव पार्ने आडम्बरमा यसका लागि मिहिनेत नगर्नुहोस् । माथि कथामा भनिए जस्तै, दुईवटा मृग खेदेर कुनैको पनि शिकार गर्न सकिदैन । कुनै एउटा कुरामा आफुलाई झन् तिर्खादै र अब्बल बनाउँदै लैजानुहोस् ।
तपाईलाई यो लेख कस्तो लाग्यो ? यो लेख पढे पछि लाइक गर्न वा सेयर गरेर फैलाउँन सहयोग गर्नु होला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज, इन्स्टाग्राम प्रोफाइल वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ । हाम्रो पेज, इन्स्टा र वेबसाइट फलो गर्नुहोला ।
स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।
Great stories