आशावादी हुनुका फाइदा धेरै छन्, कसरी बन्ने आशावादी ?

आशा अमर छ । यसको अर्थ हो, संसारमा सबै कुरा नासवान भए पनि आशा सँधै रहिरन्छ र यसको अर्को अर्थ पनि छ, संसारका भए भरका सबै कुरा पाए पनि आशा रहिरहन्छ । आशा जीवनको सबै भन्दा ठुलो प्राप्ति हो । जब मानिसले आशा छोड्छ तब जीवनमा अनेकौँ समस्या आउँन थाल्छन् ।

सोच्नुहोस् न, कसको जीवनमा समस्याहरु छैनन् ? कसको जीवनमा अफ्ठ्यारा आउँदैनन् ? सबैका जीवनमा आउँछन् भन्ने त हामी सबै मान्छौँ तर सँगै हाम्रो मनमा अर्को सोचाइ पनि आउँछ । त्यो सोचाइ हो – मेरो जस्तो समस्या त अरुको छैन नि ! वा, अरुको समस्या भन्दा मेरो समस्या विशाल र भयंकर छ ।

सबैलाई आफ्नो समस्या यस्तै लाग्छ । सबैलाई आफ्नो समस्या पार पाउँनै गाह्रो लाग्छ । यो मानविय गुण हो । यो असाध्यै धेरै पैसा भएकाहरुका लागि पनि लागू हुन्छ भने प्रसिद्धिका शिखरमा बसेकाहरुलाई पनि लाग्छ ।

यसो भन्दैमा आशा भने छोड्नु हुदैन । मैले सुरुमा नै भनिसकेँ, आशा अमर छ । अर्थात्, संसारका सबै कुरा पाए पनि अझै पाउँने आशा कायम रहन्छ र संसारभरका दुख र अफ्ठ्यारा भोगिरहे पनि अब राम्रो दिन आउँछ भन्ने आशा छोड्नु हुदैन ।

हुन त भन्न सजिलो छ । भोग्नेलाई मात्रै थाहा हुन्छ कि त्यो भोगाइको अनुभुति कति डरलाग्दो र मर्मस्पर्शी हुन्छ । तर, ति सबै भन्दा आशा शक्तिशाली हुन्छ । आशा राख्ने हो र आफुले आशा गरेको कुराप्रति विश्वास गर्ने हो भने असम्भव लागेका कुराहरु हाशिल गर्न सहयोग गर्छ भने अफ्ठ्यारा परिस्थितीमा पनि अगाडी बढ्न प्रेरणा दिन्छ ।

आशा कुन रुपमा हुन्छ वा कुन आकारमा हुन्छ वा के ले आशा गर्न सिकाउँछ भन्ने कुरालाई परिभाषित गर्न सकिदैन । मानिसहरु अनुसार र मानिसका रोजाइ वा व्यवहारका अनुसार आशा गर्न प्रेरित गर्ने कुरा फरक फरक हुन सक्छन् । जस्तै कसैलाई मन पर्ने गीत सुन्दा आशावादी हुन सघाउँछ भने कसैका लागि राम्रो किताब पढ्नु आशावादी हुने बाटो बन्ला । त्यस्तै कसैलाई आशावादका प्रवचनहरु सुन्दा हुन सक्छ भने कसैलाई घरबाट बाहिर निस्किएर प्रकृतिमा रमाउँदा हुन सक्छ ।

मैले घरको एकान्तबाट निस्किएर भिडमा पुग्दा आशावान हुन सक्ने मान्छे पनि भेटेको छु भने मैले भिडबाट एकान्तमा केहि बेर एक्लै रहदा पनि आशावान भएर फर्किने मानिसहरु देखेको छु । यसैले मान्नै पर्छ कि आशावादी बन्न धेरै कुराले फरक पार्न सक्छ ।

यदि तपाई त्यस्तै आशा जगाउने केहि कुरा खोजिरहनु भएको छ भने तपाई सहि ठाउँमा हुनुहुन्छ । यहाँ हामीले केहि उद्दरणहरु राखेका छौँ जसले मानिस सँधै आशावादी हुनु पर्छ भन्ने कुराहरुका लागि प्रेरित गर्छन् ।

१. राम्रो शिक्षकले आशावादी हुन सिकाउँछ, कल्पना गर्न उत्प्रेरित गर्छ र सिक्नका लागि प्रोत्साहित गर्छ । – ब्राड हेनरी

२. तिमीले सँधै सुविधाजनक जीवन नपाउन सक्छौ र आफ्ना सबै समस्याहरु एकै पल्टमा समाधान गर्न नसक्ने हुन सक्छौ तर आफ्नो महत्वलाई कहिलै कम नसम्झ किनभने इतिहास हेर्दा देखिन्छ, जसले अफ्ठ्यारोमा पनि हिम्मत गरे, तिनीहरुले नै आफ्नो जीवनलाई विशेष बनाए । – मिसेल ओवामा

३. संसारमा धेरै महान् कुराहरुलाई शब्द शब्दमा भन्न सकिन्छ । जस्तै : स्वतन्त्रता, न्याय, सम्मान, कर्तव्य, क्षमा र आशा । – विस्टन चर्चिल

४. आशा सँधै सपनामा र कल्पनामा हुन्छ र यसले ति सबै सपना र कल्पनाहरुलाई वास्तविक बनाउँन हिम्मत दिन्छ । – योनाश सल्क

५. आशा त्यो वस्तु हो जसले आत्मा हलुका प्वाँख जस्तो गरेर स्पर्श गर्छ, कुनै शब्द बिना धुन बनाउँन सक्छ र, यो कहिलै रोकिदैन । – एमिली डिकिन्सन

६. तिमीले कम्तिमा के पाउँने भन्ने आशा राख्न सक्नु पर्छ । र, सबै भन्दा धेरै त्यो आशामा कसरी बाँच्ने भन्ने जान्नु पर्छ । पर बसेर आशावान नबन बरु यसलाई भोग । यो नै जीवन हो । – बारबरा किङ्सलभर

७. आशा ठुलो शक्ति हो । आशामा जादु नहोला तर यसले तिमीमा उज्यालो भर्छ र तिमी कुनै पनि कुराहरु जादु जस्तै भोग्न सक्छौ । – लैनी टेलर

८. जसले आशा गर्छ, भगवानले उसमा शक्ति भरिदिन्छन् । – अज्ञात

९. जी भए पनि आशा राख्न नछोड । – अज्ञात

१०. आशा छ र त जीवन छ । – बालकृष्ण सम

तपाईलाई यो लेख कस्तो लाग्यो ? यो लेख पढे पछि लाइक गर्न वा सेयर गरेर फैलाउँन सहयोग गर्नु होला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज, इन्स्टाग्राम प्रोफाइल वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ । हाम्रो पेज, इन्स्टा र वेबसाइट फलो गर्नुहोला ।

स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।

Post Comment