स्टिभन पाउल जब्स अर्थात स्टिभ जब्स २४ फेब्रुअरी १९५५ मा क्यालिफोर्निया, अमेरिकामा जन्मिएका थिए । स्टिभ जब्सलाई विश्व बिख्यात स्मार्टफोन आइफोनका जन्मदाता हुन् । स्टिभ जब्स कति महान थिए भन्ने बुझ्नलाई उनका बारेमा भन्ने गरिएको एउटा भनाईले पनि धेरै कुरा बुझाउँन सक्छ । भनिन्छ, उन्नाइसौँ शताब्दी र बिसौँ शताब्दीमा मुख्य फरक भनेकै स्टिभ जब्सको जन्म हो ।
हुन पनि स्टिभ जब्सले प्रबिधि क्षेत्रमा कायापलट गरिदिए । उनले प्रबिधिलाई मानिससँग कति नजिक राख्ने भन्ने व्यवहारिकरुपमा नै पुष्टि गरिदिए भने प्रबिधिलाई बजारसँग जोड्ने कोसेढुंगा बनाइदिए । जब्सले यसका लागि असाध्यै अफ्ठ्यारो अवस्थाको पनि सामना गरेका थिए, त्यो पनि पटक पटक । उनी कुनै धनि परिवारका मानिस थिएनन् तर उनले मान्छेको असिमित क्षमताका अगाडी धन मात्रै विशेष कारक होइन भन्ने देखाए ।
उनको जन्म सामान्य अवस्थामा भएको थिएन । उनी जन्मिदा उनकी आमाको विवाह भएको थिएन । उनी पढ्दै थिइन् । जब्सलाई जन्माउँनु भन्दा अगाडी नै उनकी आमाले अरु कसैलाई बच्चा जिम्मा लगाउँने निर्णय गरिसकेकी थिइन् । त्यहि अनुसार उनलाई रेनहोल्ड जब्स र क्लारा जब्सले धर्मपुत्र बनाएँ । स्टिभ जब्सले उनै धर्मपिताको नामलाई अगाडी बढाएका हुन् ।
१९७३ मा जब्सले अटारी कम्पनीमा प्राबिधिकको रुपमा काम गरे तर १९७४ मा नै उनी अध्यात्मिक ज्ञान लिने भन्दै भारत आए । भारतमा पुग्दा उनले जुन गुरुलाई भेट्न भनेर आएका थिए, ति गुरुको मृत्यु भइसकेको थियो । त्यस पछि उनी अर्कै गुरुको आश्रममा रहेर ७ महिनासम्म तिनै गुरुसँग धेरै ठाउँ घुमे । त्यसपछि जब उनी अमेरिका फर्के, उनी कट्टर जैन र बुद्धधर्मी भइसकेका थिए । पछि उनले आधिकारिकरुपमा नै आफुलाई बुद्ध धर्मी बताए ।
१९७६ मा उनले आफ्नो साथीसँग मिलेर धर्मपिताको मोटर ग्यारेजमा एप्पल कम्प्युटरको सुरुवात गरे । सुरुमा कम्प्युटरको सर्किट बेच्ने उनको कम्पनीले एउटा कम्प्युटर पनि बनायो । १९७८ मा एप्पल कम्पती केहि ठुलो भइसकेको थियो र त्यसको कार्यकारी अधिकृत भइसकेका थिए स्टिभ जब्स ।
१९८३ मा पेप्सी कम्पनीबाट उनले जोन स्कलीलाई एप्पलमा लिएर आए तर तिनै जोन स्कलीको कारणले आफैले बनाएको कम्पनी स्टिभ जब्सले छोड्न पर्यो । यो कुरा १९८५ मे २४ को कुरा थियो तर त्यस पछि पनि स्टिभ जब्सले हार मानेनन् । केहि समयमा उनले पिक्सार भन्ने कम्पनीमा लगानी गरे अनि नेक्स्ट भन्ने कम्पनी सुरु गरे ।
पिक्सार जसले एनिमेसन फिल्म बनाउँथ्यो, त्यो अहिले संसारकै प्रसिद्ध एनिमेसन कम्पनी मानिन्छ भने उनले सुरु गरेको नेक्स्ट भन्ने कम्पनी अन्तिममा एप्पल कम्पनीले किन्यो र स्टिभ जब्सलाई फेरि एप्पलको कार्यकारी अधिकृतका रुपमा पुनर्वहाली गर्यो ।
स्टिभ जब्स प्राबिधिक व्यवसायी मात्रै थिएनन् । उनी त्यतिकै राम्रा विचारक पनि थिए । उनले स्टानफोर्ड विश्वविद्यालयमा दिएको सानो मन्तव्यले पनि जनाउँछ कि उनको विचार कति व्यवहारिक थियो । तपाईले सो भिडियोको नेपाली अनुवाद यहि पोस्टको अन्त्यमा भेट्नु हुनेछ ।
स्टिभ जब्सका केहि प्रेरक भनाइहरुलाई यहाँ समेटेका छौँ । यी भनाइहरु वास्तवमै जीवनउपयोगी छन् ।
१. तिम्रो जीवन छोटो छ , त्यसैले तिमीले पाएको यो समयलाई अरुको जीवन बाँचेर खेर नफाल ।
२. सबैभन्दा धनि व्यक्ति बन्नुले मलाई खुशी दिंदैन । राती विस्तारमा जाँदा जब, आज मैले केही राम्रो काम गरें भनेर गएको हुन्छु, त्यतिबेला म खुशी र सुन्तुष्ट हुन्छु ।
३. हामीसंग भएको सबैभन्दा मूल्यवान र महत्वपूर्ण स्रोत भनेको ‘समय’ हो ।
४. जो मानिस संसार परिवर्तन गर्ने असामान्य सोंच राख्छ, त्यही मानिसले नै त्यो काम गरेर देखाउंछ ।
५. आफ्नो मनलाई पछ्याउँदा ‘मैले केही गुमाउनुपर्छ की ‘भन्ने डरबाट मुक्त हुनलाई मैले ‘एक दिन एक्लै, नाङ्गै, सबै छोडेर मरेर जानु छ’ भन्ने सम्झिन्छु ।
६. जहिले पनि परिमाण भन्दा गुण वा विशेषता धेरै महत्वूर्ण हुन्छ ।
७. मैले प्रयोग गर्ने एउटा मन्त्र छ – केन्द्रित हुनु र साधारणता रोज्नु । र, साधारणता नै जटिलता भन्दा गाह्रो हो । जुन कुरा पनि साधारण तरिकाले गर्न र साधारण बनाउनको लागि धेरै मेहनत गर्नुपर्छ ।
८. तिमीले काम गर्दा गल्ती हुनु सामान्य हो । त्यो गल्तीलाई तुरुन्त स्वीकारेर त्यसलाई सच्याएर आफ्नो कामलाई सुधार्दै लैजानु जरुरि छ ।
९. यदि तिमीले कुनै काम गर्यौ र त्यसले राम्रो नतिजा दियो भने, त्यसलाई निरन्तरता दिनुमा मात्र नलागेर, अझ राम्रो काम गर्ने प्रयासमा लाग्नुपर्छ।
१०. ‘मैले जान्दिन’ वाक्यलाई ‘मैले अहिलेसम्म जान्दिन बनाऊ ।
११. मिल्ने थियो भने म मेरो सम्पुर्ण सम्पति र आविश्कार सुकरातसँग बसेर खान पाउँने दिउँसोको खाजासँग साट्दिने थिएँ ।
१२. कहिलेकाँही जीवनले टाउकोमा इटाले हान्छ तर नआत्तिउ, त्यो तिम्रो राम्रोको लागि हुनेछ ।
१३. सामानहरु फेरिन पर्दैन तर संसार फेरिन पर्छ ।
१४. म ब्रम्हाण्डमा केहि फरक पार्न चाहन्छु ।
१५. जीवन छोटो छ, अरुले जस्तो बाचेर यसलाई खेर नफाल ।
एप्पल कम्पनीमा अनेकौँ आविश्कारको नेतृत्व गरेर सानो ग्यारेजमा बनेको कम्पनीलाई उनले संसारकै मुल्यवान कम्पनी बनाए । यो सबै हुँदा हुँदै २०११ मा उनको निधन भयो । उनको भौतिक शरिर हामी बिच नभए पनि उनका आविश्कारहरुले आज पनि हाम्रो लागि नयाँ मानक बनाइराखेका छन् ।
स्टिभ जब्सको नाममा एउटा चलचित्र पनि बनेको छ जसमा स्टिभ जब्सको व्यक्तिगत जीवन र व्यवसायीक जीवनको बारेमा उल्लेख गरेको छ । त्यस्तै उनको जीवनी पनि पुस्तकका रुपमा प्रकाशित भइसकेको छ । उनको जीवनीमाथि बनेको पुस्तक उनको मञ्जुरीमा नै प्रकाशित भएको थियो भने फिल्म उनको मञ्जुरी नलिइकन प्रदर्शन भएको थियो भनिन्छ ।
तपाईलाई यो लेख कस्तो लाग्यो ? यो लेख पढे पछि लाइक गर्न वा सेयर गरेर फैलाउँन सहयोग गर्नु होला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज, इन्स्टाग्राम प्रोफाइल वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ । हाम्रो पेज, इन्स्टा र वेबसाइट फलो गर्नुहोला ।
स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।