सकारात्मक सोच पनि बिषाक्त हुन सक्छन्, होस पुर्याउनु पर्ने कुराहरु

सकारात्मक सोचको सुरुवात तब सुरु हुन्छ जब तपाईले मान्नु हुन्छ कि संघर्ष गर्ने तपाई एक्लो होइन । जो बाँचेका छन्, उनीहरुको जिन्दगीमा पनि अफ्ठ्यारा छन् र उनीहरुले कुनै कुनै काममा असफल भएर फेरि सुरु गरेका हुन्छन् ।

संसारमा कोही पनि दुख भोग्ने एक्लो हुदैन र जति अध्यारो देखिए पनि सबैको लागि अध्यारो बिचमा पनि बाटो हुन्छ । यहि सामान्य ज्ञानले नै मानिसलाई सहयोग गर्छ । यहि विश्वासले तपाईलाई पनि फेरि उठ्नका लागि र अगाडी बढ्नका लागि सहयोग गर्छ । कतिपय कुरामा आफु एकल प्रयासले मात्रै समाधान निस्किदैन । यस्तोमा पक्कै पनि सहयोग खोज्नु पर्छ तर आफुले आफुलाई विश्वास गर्ने कुरा सकारात्मक सोच हुनु पहिलो आवश्यकता हो । आत्मविश्वास, सकारात्मक दृष्टिकोण र सकारात्मक मनोवृति नै ति कारणहरु हुन् जसले तपाईलाई र तपाईको परिवेशलाई सकारात्मकरुपमा परिवर्तन गर्न सक्छन् । स्टानफोर्ड विश्वविद्यालयमा भएको ताजा अध्ययनले आत्मविश्वास, सकारात्मक दृष्टिकोण र सकारात्मक मनोवृति भएका विद्यार्थीहरुको नतिजा निकै राम्रो भएको देखाएको थियो । हुन त हामी सबैभित्र कतै न कतै सकारात्मक सोचको भावना हुन्छ नै तर सबै कुरामा भने हुदैन । कतिपय समय यस्तो हुन्छ कि जति सकारात्मक हुन खोजे पनि सकिदैन । जीवन फेर्ने मुख्य कुरा नै त्यहि हुन्छ, जब हामी सबै कुराहरुमा सकारात्मक सोच विकाश गर्छौँ ।

सकारात्मक सोच भनेको सबै कुरामा खुसी हुनु मात्रै होइन, तर धेरै मानिसमा यहि भ्रम हुन्छ । वास्तवमा सबै किसिमको भावना हुनु स्वस्थ हुनु हो । दुख मान्नु नै हुदैन भन्ने होइन, निराशा आउदै आउदैन भन्ने नि होइन तर सकारात्मक सोच भनेको जे भइरहेको छ त्यो महसुसलाई स्विकार्नु चै हो । अफ्ठ्यारो परेका बेला अफ्ठ्यारो नै छैन भनेर मान्दैमा त्यो अफ्ठ्यारो हट्ने होइन । सबै भन्दा पहिले अफ्ठ्यारो छ भन्ने स्विकार्नु पर्छ अनि पो समाधान निस्किन्छ । जति अफ्ठ्यारो भए पनि त्यो विचमा आफु खुसी हुन सक्ने कारण पहिल्याउनु सकारात्मक सोच हो अनि त्यसमा पारदर्शी विचार राखेर सहि समाधान खोज्नु चै ठुलो कुरा हो । त्यसो भए त्यस्तो सकारात्मक सोचको विकाश कसरी गर्ने त ? भन्ने प्रश्न दिमागमा आउन सक्छ । यसका लागि असाध्यै गाह्रो पनि हुन्न । यहाँ अफ्ठ्यारो बेलामा पनि कसरी सकारात्मक सोचको विकाश गर्न सकिन्छ भन्ने बारेमा बुँदागतरुपमा केहि जानकारीहरु बाढ्न चाहेको छु । पक्कै पनि यी बुँदाहरु सैद्धान्तिक भन्दा पनि व्यवहारिक हुनेछन् र आफ्नो जीवनमा पालन गर्न सकिने हुने छन् ।

१. जान्नुहोस् कि तपाईं आफ्नो दृष्टिकोण परिवर्तन गर्न सक्नुहुन्छ : माया एन्जलूले एक पटक भनेकी छिन्: “यदि तपाईंलाई केहि मनपर्दैन भने, त्यसलाई परिवर्तन गर्नुहोस् । यदि तपाईं यसलाई परिवर्तन गर्न सक्नुहुन्न भने, त्यो प्रति आफ्नो मनोवृत्ति बदल्नुहोस् । ”

जब तपाईं सकारात्मक सोचको विकाश गर्नुहुन्छ, तब तपाईले विकल्पहरुमा सबै भन्दा उपयोगी मनोवृति छान्न सक्ने बन्नुहुन्छ । तर तपाईं नकारात्मक दृष्टिकोण राख्नुहुन्छ भने, तपाईंको मस्तिष्कले आफैंलाई नकारात्मक सोच विकास गर्न अनुमति दिन्छ, र, फलस्वरूप, गाह्रो र अँध्यारो भावनाहरू मात्रै तपाईको अगाडी देखिन थाल्छन् । तपाइँ तपाइँको सबै दिनहरू उही कुराको बारेमा चिन्ता वा चिन्तामा बारम्बार खर्च गर्नुहुन्छ, तर समाधान पाउनु हुन्न । वास्तविकतामा, तपाईले गर्न सक्ने पहिलो कुरा आफैलाई शान्त गर्नु हो । यति गर्न सके तपाईं आँधीबेहरीमा पनि उभिन सक्नुहुन्छ र पूर्णतया शान्त महसुस गर्न सक्नुहुन्छ । यदि तपाईं तल झर्नुभयो भने पनि फेरि फिर्ता हुनुहुनेछ । सकारात्मक मानसिक दृष्टिकोण भनेको तपाईको समस्याहरूमाथि शक्ति रहेको बुझ्नु हो । एकचोटि तपाईंले यो बुझ्नुभयो भने, तपाईं आफ्नो दृष्टिकोण परिवर्तन गर्न सक्नुहुन्छ । कतिपय समस्याहरु केवल आफ्नो दृष्टिकोणका कारण मात्रै पनि भएको हुन सक्छ । यसैले कुनै समस्याहरु समाधानका लागि दृष्टिकोण फेर्नु मात्रै पनि सहि समाधान हुन सक्छ ।

२. जीवनमा तपाईंको अनुपम अर्थ पत्ता लगाउनुहोस् : जब तपाइँ सबैकुरा गुमाउनुहुन्छ, त्यो बेला पनि सकारात्मक सोचले तपाइँलाई तपाइँको उद्देश्य फेला पार्न फेरि बल प्रदान गर्न मद्दत गर्दछ । यो बाँच्ने र सिक्ने उत्तम तरिका हो । जब तपाईले सकारात्मक सोच राख्नु हुन्छ तब जीवनमा आफ्नो अर्थ थाहा पाउनु हुनेछ । म बेकम्मा भएँ वा यो कुरा म समाधान नै गर्न सक्दिन भन्ने हिनताबोधबाट बाहिर निस्कन सक्नु हुनेछ । तपाईसँग भएका शक्तिलाई पहिचान गर्दै, उत्तम चीजहरू बनाउँनुहोस्, र जब तपाईं अँध्यारोबाट उज्यालोतिर जान चाहानुहुन्छ, सबै कुराले सफलताको लागि नेतृत्व लिन्छ किनभने तपाईमा आइपर्ने समस्याहरु समाधान गर्न तपाई धेरै हदसम्म सबल भएको हुनुहुन्छ । तपाईंसँग जहिले पनि यी कुरा गर्न सक्नुहुन्छ, तर यसका लागि सँधै सकारात्मक सोच भने बोक्नु पर्ने छ ।

३. आफु जे हो, त्यहि बन्नुहोस् : यसको अर्थ हो, तपाईले आफ्नो सक्षमता र असफलताका बारेमा स्वबोध हुनु पर्छ । तपाईले जान्नु पर्छ कि तपाई वास्तवमा के गर्न सक्नु हुन्छ र के गर्न सक्नु हुन्न अनि तपाई आफ्नो क्षमता र कमजोरीलाई स्विकार्दै आफु जस्तो हो, त्यस्तै बन्नु पर्छ । अर्थात, आफुमा भए भन्दा बढि देखाउने वा आफ्नो सक्षमतालाई कम आँक्ने हुनुहुदैन । यसो गर्दा आफुमा भएको सामर्थ्य आडम्बर र हिनताबोधका रुपमा अनावश्यक खर्च हुन पाउदैन । नक्कली कुरा गर्नु पर्दैन । यसले गर्दा समयको सहि आँकलन हुन सक्छ र त्यसमा पारदर्शी विचार राख्न सकिन्छ । जसले गर्दा आफुमा सकारात्मक सोच रोप्न सकिन्छ ।

४. आफुलाई माया गर्नुहोस् : जीवनमा आफ्नो लागि सबै भन्दा महत्वपुर्ण साथी भनेकै आफु हो । यसैले आफ्नो लागि समय छुट्याउने, आफ्नो विचार राम्रो बनाउन बौद्धिक खुराकहरु पढ्ने वा हेर्ने लगायतका कामहरु अति नै आवश्यक हुन्छ । तर अहिलेको समयमा आफुलाई माया गर्नु पनि सजिलो कुरा छैन । अवस्थाहरु यस्तो आउँछन् कि दुखको कारण स्वयम् आफु हो भन्ने सोचिन्छ र आफुले विगतमा गरेका निर्णय वा छनौटका कारण आफै प्रति दिक्क लागेर आउँछ । सकारात्मक सोचका लागि यो सोचाइ असाध्यै हानिकारक हुन्छ । आफु प्रतिको घृणाभाव वा नकारात्मक सोचले जीवनमा हुने वृदिविकाशमा मात्र होइन, दृष्टिकोण र स्वास्थ्यमा पनि फरक पर्छ । यी सबै कुराबाट बच्नका लागि आफुलाई माया गर्न जरुरी छ ।

५. बिषाक्त सकारात्मक सोचलाई हटाउनुहोस् : मैले माथि भने झैँ सकारात्मक सोच हुनुको अर्थ जति बेलै खुसी हुनु र जीवनका दुख वा अफ्ठ्याराहरुलाई बिल्कुलै ध्यान नदिनु होइन । यदि यहि सोचाइलाई नै सकारात्मक सोच मानिन्छ भने यसले समाधान दिदैन र झन् अफ्ठ्यारो अवस्थामा पुगिन्छ किनभने अवस्था यति जटिल भइसक्छ कि हाम्रो पहलकदमी त्यसका लागि अपुग भइसक्छ । यस्तो किसिमको सकारात्मक सोच यहि कारओ बिषाक्त हुन सक्छ । भावनाहरू सकारात्मकताका अंश हुन् । तपाईं आफ्ना भावनाहरूसँग बस्न चाहनुहुन्छ, उनीहरूलाई चिन्नुहोस्, र तिनीहरूलाई आवाज दिनुहोस् । आफैलाई अगाडि बढ्न भन्नुको सट्टा, तपाईका भावनाहरूलाई सफलतामा पुर्‍याउनुहोस् जसले तपाईंलाई जीवनमा परिवर्तनहरूसँग सामना गर्न मद्दत गर्दछ ।

अन्तिम विचारहरु : तपाईं हरेक दिनको हरेक सेकेन्ड सकारात्मक मानसिक दृष्टिकोण विकास गर्न चाहनुहुन्न । कुनै बेला यस्तो हुन्छ कि सबै कुरा बिर्सिएर दुखमा हराउँ, तर त्यसो भए पनि, सकरात्मकताको शक्तिलाई मान्यता दिनाले तपाईंको दिनहरू अझ राम्रो हुनेछ र तपाईंलाई आफ्नो परीक्षाहरूमा आफुलाई अब्बल भेट्नुहुनेछ ।

तपाईलाई यो लेख कस्तो लाग्यो ? यो लेख पढे पछि लाइक गर्न वा सेयर गरेर फैलाउँन सहयोग गर्नु होला । हाम्रो उज्यालो पाटोको फेसबुक पेज, इन्स्टाग्राम प्रोफाइल वा वेबसाइटमा तपाईले यस्ता थप लेखहरु पाउँन सक्नु हुनेछ । हाम्रो पेज, इन्स्टा र वेबसाइट फलो गर्नुहोला ।

स्रोत उल्लेख गरे बाहेक उज्यालो पाटो भएका सम्पुर्ण लेखहरुको प्रतिलिपी अधिकार उज्यालो पाटोसँग सुरक्षित छ । यसको पुर्ण भाग वा अंशलाई लेख वा अडियो वा भिडियोको रुपमा पुनप्रकाशित गरेमा फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमा प्रतिलिपी अधिकार दुरुपयोगको निवेदन दिन तथा कानुनी कारवाही खोज्न हामी बाध्य हुनेछौँ ।

Post Comment